नेपालले आज अमेरिकासँग खेल्दै

Avatar photo
Dhadingpost
कार्तिक ११, २०८१

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज अमेरिकासँग खेल्दैछ । यो खेल डालासमा राति सवा नौ बजे शुरु हुँदैछ ।

नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गर्दा सन्दीप पनि समेटिएका हुन्। यसअघि उनले भिसाको समस्याका कारण अमेरिकासँग भएको तीन टी–२० शृंखला खेल्न पाएका थिएनन्। टोलीमा सन्दीप र रोहितबाहेक पुरानै खेलाडीलाई निरन्तरता दिइएको छ।

टोलीमा अनिल साह, कुशल भुर्तेल, आसिफ सेख, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, ललितनारायण राजवंशी, गुल्सन झा र रिजन ढकाल रहेका छन् । देव खनाल र सागर ढकाललाई रिजर्भमा राखिएको छ ।

लिग–२ मा आठ खेलमा तीन अङ्कसहित नेपाल पुछारबाट दोस्रो स्थानमा छ । अमेरिका दोस्रो र स्कटल्याण्ड चौथो स्थानमा छन् । १६ अङ्कसहित क्यानडा शीर्ष स्थानमा छ ।