स्वास्थ्य स्वयंसेविकालाई सार्वजनिक यातायातमा भाडा नलाग्ने

Avatar photo
Dhadingpost
कार्तिक ३, २०८१

काठमाडौं । सार्वजनिक यातायातमा यात्रा गर्ने महिला स्वास्थ्य स्वयंसेविकाहरुले अब भाडा तिर्न नपर्ने भएको छ । यसका लागि महिला स्वास्थ्य स्वयंसेविकाको पोशाकमा वा परिचयपत्र बोकेको हुनुपर्नेछ ।

निशुल्क भाडा कार्यान्वयनका लागि यातायात व्यवसायी राष्ट्रिय महासंघ र स्वास्थ्य मन्त्रालय बीच सहमती भएको छ । यो सकात्तिक १५ गतेबाट लागू हुनेछ । मन्त्रालयसँग महासंघले गरेको प्रतिबद्धतामा सामाजिक उत्तरदायित्व अन्तर्गत सम्बन्धित तह रहेको जिल्लाभर तोकिएको जिम्मेवारी पूरा गर्न सार्वजनिक यातायातका साधनमा प्राथमिकता दिएर निःशुल्क आवतजावत गर्न दिने उल्लेख छ।

निशुल्क भडा कार्यान्वयन भएपछि देशभरका ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका लाभान्वित हुने स्वास्थ्य मन्त्रालय जनाएको छ । धादिङमा ४६५ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यरत छन् ।