दशैं मनाउन गाउँघर पुगेका फर्किन थाले

Avatar photo
Dhadingpost
अशोज २८, २०८१

धादिङ । विजया दशमी २०८१ मनाउ गाउँघर पुगेकाहरु फर्किन थालेका छन् । आजदेखि दशैँको बिदा सकिने र भोलिदेखि सरकारी कार्यालय तथा अन्य निकाय खुल्ने भएकाले पनि गाउँघर गएका धेरैजसो फर्किन थालेका हुन् ।

जसरी हुन्छ गन्तव्यमा पुग्ने यात्रुको चाहाना र कमाउने मौका यही भन्ने यातायातका साधनहरुका कारण सडक सुरक्षा र यात्रा कष्टकर र ट्राफिक नियम विपरित समेत देखिएको छ ।

गाउँबाट कोचिएर ट्राफिक नियमित यात्रु बोकेर आएका गाडीहरुले धादिङबेसी प्रवेस नाकाहरु जस्तै पुछारबजार पुलपारी चौंतारा, बगैंचा, पशुपती मन्दिर, सिपीकलेज गेट लगायतका ठाउँहरुमा यात्रुहरुलाई ओरालेर प्रहरीका आँखा छल्ने गरेका छन् भने ग्रामिण क्षेत्रमा चल्ने सवारीहरुलाई त झन् कुनै रोकावट भएको देखिँदैन ।