नलाङमा जिल्लाकै महंगाे पुरस्कार राशीको भलिबल आजबाट

Avatar photo
Dhadingpost
अशोज २८, २०८१

धादिङ । तमु युवा समाज सिद्धलेक–२ धादिङको आयोजनामा अाज देखि जिलाकै महंगाे पुरस्कार राशीको पालिका स्तरीय भलिबल प्रतियाेगिता स्व.लोक बहादुर गुरुङ र स्व.मनोज श्रेष्ठ स्मृती कप सुरु हुँदैछ ।

खिर्रेस्थित नलाङ पात्ले मा.विको खेल मैदानमा हुने उक्त प्रतियाेगितामा ९ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । खेल आज बिहान ७ बजेबाट सुरु हुनेछ ।

यस प्रतियोगिताकाे पुरस्कार प्रथमलाई १ लाख ११ हजार १११, द्धित्तिय पुरस्कार ५५ हजार ५५५ र तृतीय पुरस्कार ३३ हजार ३३३ सहित ट्रफी, मेडल र प्रमाणपत्र रहेकाे अायाेजकले जनाएकाे छ ।

नलाङको साविक वडा नं ४ का वडा अध्यक्ष समेत रहेका लोक बहादुर गुरुङको गत असार ६ गते खिर्रेमा सवारी दुर्घटनामा परी निधन भएको थियो । यस्तै धादिङ जिल्ला भलिबलको टिम क्याप्टेन स्व.मनोज श्रेष्ठको गत बर्ष नलाङस्थित खिर्रेभञ्याङमा आयोजित भलिबल प्रतियोगिताकै समयमा निधन भएको थियो द्वयकाे स्मृतिमा याे प्रतियाेगिता आयाेजना गरिएकाे जनाईएकाे छ ।