माओवादी आफ्नै कारण गोलचक्करमा

Avatar photo
Dhadingpost
अशोज १८, २०८१

आज हामी मानव समाजको विकासको हिमावले उच्चतम् युगमा पुगिसका छौं । २१ औं शताब्दीको उत्तरार्धको अवस्थामा गुज्रिरहेको ऐतिहासिक क्षणको विकास भरपुर प्रयोगको अवस्थामा मानव सत्यता र विज्ञानको प्रयोग भईरहेको पारिवेसमा पुजीवाद‌को चरम उत्कर्षको अवस्था र जनवादी व्यवस्था केहेि भ्रुणहरु रहेको साम्राज्यवादीहरूको एकछत्र राज रहेको अवस्थामा जनताको जनवादको कार्यनीतिक नारा र २१ औं शदाब्दीको जनवाद हुँदै समाजवाद र साम्यवाद सम्म पुग्ने महान यात्रामा रुमलिरहेका छौं ।

नेपाली कम्यूनिष्ट आन्दोलनको ७५ वर्षको अवधीलाई विभिन्न हिसावले व्याख्या गरिएका छन् र विभीन्न धारहरूको जन्म, विकास भएको छ र आआफ्नै मान्यताहरू छन् । मुलतः माक्सवाद–लेनिनवाद–माओवाद र विचार जप्ने कम्युनिष्ट पार्टीहरू मध्ये (माओवादी) केन्द्र प्रमुख पार्टी संगठन हो । यस भित्रका आ–आफ्नै विधि पद्धतीहरु छन् आज सम्म पनि विकास गर्न नसकेको या परिस्कृत गर्न नसकिएको विषय संगठनात्मक सिद्धान्त देखिन्छ । १८ औं शताब्दीमा कमरेड लेनिनले विकास गर्नु भएको सिद्धान्तलाई न त कडाइका साथ लागू गरिएको देखिन्छ त सिर्जनसिल प्रयोग नै… लेनिनले त्यो सन्दर्भमा विकास गर्नुभएका केहि विषयहरुलाई उजागर गर्ने कोसिस गर्ने छु ।

१. व्यक्ति संगठनको अधिनमा हुन्छ, व्यक्ति संगठनको अधिनमा हुने भनेको आ–आफ्ना संगठनका सबै सदस्यहरु सांगठनिक विधी पद्धती अनुशासनमा बाधिएका हुन्छन् ।
२. अल्पमत बहुमतको अधिनमा हुन्छ, सबै कमिटी मित्र फरक मतहरू देखा पर्दछन् फरकमतको सम्मान गर्दै बहुमतको निर्णयलाई अल्पमतले स्वीकार्नु पर्ने हुन्छ ।
३. तल्लो कमिटी माथिल्लो कमिटीको अधिनमा हुन्छ, लेलिनवादी संगठनात्मक सिद्धान्तको यो मुख्य पाटो हो कम्युनिष्ट पार्टीको सञ्जाल केन्द्रिय कमिटी देखि तल वडा कमिटी र सेल कमिटी सम्म फैलिएको पिरामिड हुन्छ र तल्लो कमिटी माथिल्लो कमिटीको अभिनस्त हुनुपर्दछ ।
४. पार्टीका सम्पूर्ण कमिटीहरु केन्द्रिय कमिटीको नियमित बैठक बस्ने त्यसको सर्कुलर तल्लो कमिटीसम्म सञ्चार गर्ने र सम्पूर्ण पार्टी पङ्तीलाई जिवन्त दिने काम गर्नु पर्दछ ।
५. केन्द्रिय समिती महाधिवेसनको धिनमा हुन्छ, महाअधिवेसन पार्टीको वैचारिक लाइन, विधान, नीति कार्यक्रम केन्द्रिय कमिटीको पनि निर्माण गर्ने, सम्पूर्ण कार्यक्रमहरू कार्यान्वयनको लागि निर्देशन दिने सर्वोच्न विकास हो
६. महाअधिवेसन सम्पूर्ण पार्टी सदस्यको अधिनमा हुन्छ, कम्यूनिष्ट पार्टीको लागि निश्चित शर्तहरु तोकिएका हुन्छन्, पार्टिको नीति कार्यक्रमलाई सहर्ष स्वीकार्ने फलमे अनुमानको पालना गर्ने, कुनै न कुनै कमिटीमा आवद्ध हुने नियमित लेवि तिर्ने हुनुपर्दछ ।

आज हामी माओवादी हुनुको नाताले यी विचार र सिद्धान्तबारे निर्देशित रहने या स्टालीनले गर्नुभएको सापेक्षिक प्रयोग या माओले गर्नुभएको विकास र प्र‌योगबाट के देखिन्छ भने हामी यहाँ सम्म आएर अहिले गोलचक्करवाद‌मा फसेर अब अगाडी बढ़ने सबै ढोकाहरु बन्द भएको वर्तमान अवस्थामा नयाँ आविस्कार नगर्ने हो भने कमरेड प्रचण्डले भन्नु भएकै हामी सिसै सिसाको घर मित्र पसेका छौं बाटो पहिल्याएर निस्कन सकेनौ भने हामी त्याही सकिने खतरा बढेको छ । पछिल्लो अवस्थामा पार्टी भित्र अशल नेता चुन्ने विधीको कुनै पालना भएको पाइदैन चाहे पार्टी कमिटी वा जनवर्गिय संगठन मात्र होइन पार्टीमा राम्रो सोच र आचरण भएका निरन्तर समर्पित राज्यबाट उपेक्षित वर्ग समुदायको हुनुपर्नेमा को संँग पैसा छ कसले धेरै चाकडी र चाप्लुसी गर्दछ, फरक मतलाई सम्मान गर्नुको सट्टा गहिरो सँग दवाउनेलाई सबै जिम्मा दिने र एउटा वर्ग दशकौं देखि डाडु पन्यु आफ्नो हातमा लिने र फरक मतलाई सधैं भिकारी जस्तो बन्नुपर्ने वाध्यात्मक अवस्थामा गुज्रिरहेको देखिन्छ ।

केहि दिन अघि मात्रै (अनेरास्वविय) क्रान्तिकारीको २३ औ राष्ट्रिय सम्मेलनले समग्र पार्टी आन्दोलनलाई ठूलो धक्का लागेको छ । आशावादी भएर आएका दुर दराजका प्रतिनिधी अर्थिक अवस्था कमजोर तर पहुँच नभएक निमुखा कार्यकर्ताहरु उत्साह र हासो बोकेर जानु पर्नेमा आक्रोस आक्रोसित भएर आफ्नो कार्य क्षेत्र फर्किएका छन् । यो कुनवादको परिकल्पना हो ? या नेतृत्वको लाचारी पन… ।

(लेखक रिमाल जनयुद्धकाल देखि हाल सम्म काम गर्दै आएका माओवादी कार्यकर्ता हुन् ।)