सचेत बनौं, विपतलाई जित्दैअघि बढौं

Avatar photo
Dhadingpost
अशोज १३, २०८१

अबिरल वर्षा झारिरहेछ घरिघरि
नदीनाला भरिए जोखिम छ सधैंभरि
सजग रहौँ समय गम्भीर छ यहाँ
सुरक्षित रहनु यो सन्देश छ हाम्रा लागि जहाँ

पहिरोको डर बाढीको छाल
हाम्रो घर आगनमा छ असुरक्षित हाल
प्रकृतिको यो खेल सजिलै बुझिन्न
तर सतर्कता गरौँ विपत टाढा पुग्दैन

घरको छाना सडकको किनारा
कसैको चुलो निम्ला कसैको सपनाहरूको हार
सुनौँ सूचना सावधानी अपनाउँ
सहयोगको हात अघि बढाउ साथ दिउँ

आशा छ भोलि उज्यालो फेरि आउँछ ।
तर सचेत बनौ विपतलाई जित्दैअघि बढौं
अविरल वर्षा रोकिएला एक दिन
सजगता र साहसले पार हुनेछ यो कठिन क्षण

सुनिता दाहाल जमकट्टेल (बेनीघाट)