धादिङकी पूर्णिमा म्युजिक अवार्डबाट सम्मानित

Avatar photo
Dhadingpost
अशोज ७, २०८१

धादिङ । धादिङ गल्छी गाउपालिका ७ विासी पूर्णिमा लामा तामाङ विश्व संस्कृति तामाङ तथा नेपाली म्युजिक अवार्ड २०२४ अन्तरगत आधुनिक तथा पप विधामा सर्वोत्कृष्ट गायिकाको अवार्ड प्राप्त गरेकी छिन् ।

पूर्णिमा स्वरमा ४०० भन्दा बढी गितहरु सार्वजनिक भई सकेका छन् जसमध्य फूल भनुँ जिन्दगीलाई, मुटु जलि खरानी भो,ओईलिएको फुल भयो, जिन्दगीमा मैले, कस्ले बुझ्ने,एकपल्ट भन्ने गीतहरु हुन् भने हाल सार्वजनिक भएका गितहरु धेरै माया नगर्नु यहाँ कसैलाई,जिवनको यो आफ्नै नाटक, रिसले होकी मायाले लगायत गितहरु छन् ।

१० वर्ष देखि निरन्तर गायन क्षेत्रमा पकड जमाईरहेकी पूर्णिमाले यो अवार्ड आधुनिक विधाको जिवनको यो आफ्नै नाटक गितबाट प्राप्त गरेकी हुन् ।