कांग्रेस उपसभापति गुरुङलाई अनुसन्धानमै ल्याइएन

Avatar photo
Dhadingpost
अशोज ७, २०८१

काठमाडौं । संसदीय छानबिन समितिले मितेरी सहकारीको १४ करोड ८१ लाख हिनामिनामा कांग्रेस उपसभापति गुरुङसहित ६ जनामाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस गरे पनि राजनीतिक शक्तिको आडमा अनुसन्धानमै ल्याइएन ।

ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी सेभिङ एन्ड क्रेडिट को–अपरेटिभको १४ करोड ८१ लाख हिनामिनामा संलग्न ज्योति गुरुङसहित पाँचजनाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । तर, ठगीमा मुछिएका र संसदीय समितिले कारबाहीको सिफारिससमेत गरेका कांग्रेस उपसभापति तथा सांसद धनराज गुरुङविरुद्ध भने अनुसन्धान प्रक्रिया नै अघि बढाएको छैन ।

धनराजविरुद्ध अनुसन्धान गर्ने कुनै निर्देशन प्राप्त नभएको सिआइबीको भनाइ छ ।
नयाँपत्रिकाबाट