अखिल (क्रान्तिकारी) बागमतीको सचिवमा धादिङबाट बिबेक विजयी गजेन्द्र पराजित

Avatar photo
Dhadingpost
अशोज २, २०८१

धादिङ । माओवादी केन्द्रको अनेुरास्ववियू (क्रान्तिकारी) बागमती प्रदेशको सम्मेलनमा धादिङबाट सचिव पदका लागि बिबेक कार्की र गजेन्द्र गुरुङले उम्मेदवारी दिएका थिए जसमा बिबेक मात्रै निर्वाचित भए ।ण

सचिव खुल्ला तर्फ विवेकले १७९ मत ल्याई विजयी भएका हुन् भने समावेशी सचिवमा उम्मेदवारी दिएका धादिङका गजेन्द्र गुरुङलाई विज्ञान दोर्जे बलले पराजित गरेका हुन् । बलले १७७ मत ल्याउँदा गजेन्द्रले १४३ मत ल्याएका थिए ।

धादिङबाट सर्बसम्मत रुपमा प्रदेश सदस्य रुपमा सपना दाहाल, श्रीकृष्ण आचार्य, ईश्वरी प्रसाद आचार्य, कच्चन भट्ट, अञ्जली ढुंगाना चयन भएका छन् ।

नव निर्वाचित कार्यसमितिको पदाधिकारीहरु
अध्यक्ष :- अर्जुन पौडेल
उपाध्यक्ष:-अस्मिता ठकुरी
उपाध्यक्ष :- सन्तोष चौहान
उपाध्यक्ष :- हरि बहादुर खड़का
उपाध्यक्ष:-ममता पाण्डे
उपाध्यक्ष :- क्षेत्र कुमार तामाङ
प्रमुख सचिव:- बिजय लामा
सचिव :- बिजय घिमिरे
सचिव:- रितिक राज गिरी
सचिव:- बिबेक कार्की
सचिव:- उर्मिला तामाङ
सचिव :- विज्ञान दोर्जे बल
कोषाध्यक्ष:- अनीता कुमारी श्रेष्ठ