माओवादी केन्द्र काठमाडौं-खनियाबासको अध्यक्षमा राम तामाङ चयन

Avatar photo
Dhadingpost
भदौ २७, २०८१

धादिङ । नेकपा (माओवादी केन्द्र) काठमाडौं खनियाबास समन्वय समितिको चौथो भेलाबाट अध्यक्षमा राम बहादुर तामाङ चयन भएका छन् ।

नव गठित कार्यसमितिको उपाध्यक्षमा बर्षा तामाङ, सबिता तामाङ र गोम लामा तामाङ, सचिवमा सबिता तामाङ, सह सचिवमा बेग बहादुर तामाङ, कोषाध्यक्षमा शृस्ती तामाङ चयन भएका छन् ।

माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् धादिङ जिल्ला इञ्चार्ज पुष्प विक्रम मल्लको प्रमुख आतिथ्यतामा भएको उक्त भेलामा केन्द्रिय सदस्य शालिकराम जम्कट्टेल, केन्द्रिय सदस्य रामबहादुर भण्डारी, प्रदेश सह सचिव दलबहादुर बुर्लाकोटी (विजय), जिल्ला संयोजक मनराज भण्डारी (शैलेस), गाउँपालिकाका उप प्रमुख सेक्केमान तामाङ लगायतको आतिथ्यता रहेको थियो ।

धादिङका पालिका स्तरीय काठमाडौं सम्पर्क समितिहरुको भेला अन्तिम चरण पुगेको छ र अब २९ गते प्रचण्डको प्रमुख आतिथ्यतामा धादिङ-काठमाडौं सम्पर्क समन्वय समितिको भेला हुने कार्यक्रम तय भएको बताईएको छ ।