पोर्चुगलमा जारी फुटबलमा धादिङ टिम

Avatar photo
Dhadingpost
भदौ २३, २०८१

पाेर्चुगल । पाेर्चुगल स्थित लिस्वनमा जारी पोखरा एफसीको फुटबल प्रतियोगितामा धादिङ फुटबल टिम अब एक खेल जित्न सके अन्तिम १६ मा प्रवेश गर्ने छ ।

२६ वटा टिम सहभागी यसमा प्रतियाेगिताकाे लिग चरण जारी छ । अहिले सम्म धादिङले एक म्याच जितेकाे छ भने एक खेल बराबरी खेल्दा अंक ४ बटुलेकाे छ अब एक खेल जिते धादिङ टिम अन्तिम १६ मा पुग्नेछ । पहिलाे खेल धादिङले लमजुङ एफसीलाई हराएकाे हाे भने दोस्रो खेल ब्रदरहुड सँग बराबरी खेलेकाे हाे । आजै तेस्रो खेल एमएमसी सँग खेल्ने छ ।

प्रयाेगितामा धादिङ टिमको नाम चाहिँ धादिङ एसोसिएसन पोर्चुगल Daspo टिम भनेर प्रतिनिधित्व गरिरहेकाे छ । धादिङ टिम नाम मात्रै धादिङ हैन खेलाडी पनि सबै धादिङकै रहेकाे गाेविन्द बुढाथोकीले धादिङपाेष्टलाई बताए ।

धादिङ टिमका खेलाडीहरु
१. राजन बिक क्याप्टेन
२. सर्जु गुरुङ
३. थमन गुरुङ
४. अजित राना
५. प्रिन्स तामाङ
६. राजु गुरुङ
७. रियाज बस्नेत
८. सुजन कुँवर
९. राेहित गाैतम
१०. प्रतीक श्रेष्ठ
११. चेरी ठकुरी
१२. साैगात गुरुङ