तमू विद्यार्थी धादिङको अध्यक्षमा रेखबहादुर गुरुङ चयन

Avatar photo
Dhadingpost
भदौ २३, २०८१

धादिङ । नेपाल तमू गुरूङ विधार्थी छोंज धी धादिङको शनिबार सम्पन्न छैटौं अधिबेशनबाट अध्यक्षमा संचारकर्मी समेत रहेका रेखबहादुर गुरुङ चयन भएका छन् ।

उक्त अधिबेशनबाट नेपाल तमू (गुरुङ) विद्यार्थी छोंजी धीं धादिङको बरिष्ठ उपाध्यक्षमा मनु गुरुङ, पृथ्वी गुरुङ, सचिवमा प्रशान्त गुरुङ, कोषाध्यक्षमा विन्दु गुरुङ, सदस्यहरुमा अप्सना गुरूङ, अमृता गुरूङ, सुजता गुरूङ, दिपिका गुरूङ, सलिन गुरूङ, विनिता गुरूङ, मनिका गुरूङ चयन भएका छन् ।

अधिबेशनबाट संगठन विभाग प्रमुखमा विशाल गुरूङ, प्रचार प्रसार प्रमुखमा शिशिर गुरूङ, शैक्षिक विभाग प्रमुखा पासाङ गुरूङ भाषा साहित्य विभाग प्रमुखा सुशिल गुरूङ, महिला विभाग प्रमुखमा रोजिना गुरूङ चयन भएका छन् ।