धादिङ अस्पतालद्वारा घर भडामा लिने बारे सूचना

Avatar photo
Dhadingpost
साउन १६, २०८१

सूचना जारी मितिः २०८१/०४/१५

प्रस्तुत विषयमा स्वास्थ्य मन्त्रालयको पत्र संख्या २०८१/८२ च.नं. ९. मिति २०८१/०४/०१ गतेको पत्रानुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको ग्रामिण पोष्टिङ कार्यक्रम संचालनका लागि धादिङ अस्पताललाई सहमती प्राप्त भएकाले तहाँ प्रतिष्ठानबाट MBBS अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीहरुको समूह साथै एम.डि. रेजिडेन्टहरु यस अस्पतालमा कार्यक्रम अन्तरगत खटिएर आउनेभएको हुँदा उँहाहरुको आवाश प्रयोजनका लागि मोजुदा प्रयोग गरिरहेका भवनका अतिरिक्त थप घर भाडामा लिन आवश्यकता परेकाले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४३ तथा सार्वजनको खरिद नियामावली, २०६४ को नियम ९४(११) बमोजिम घर भाडामा दिन चाहानु हुने घरधनीहरुले यो सुचना प्रकाशित भएको ७ (सात) दिन भित्र तपसिलको शर्तहरुको अधीनमा रही रु. १० को टिकट टाँसी तपसिल बमोजिमका कागजातहरु संलग्न गरी रितपुर्वकको निवेदन सिलबन्दी गरि कार्यालय समयमा यस कार्यालयको प्रशासन शाखामा प्रस्ताव पेश गर्नुहुन सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ, रितपुर्वक पेश नभएको प्रस्ताव तथा म्याद नाघी पेश भएका प्रस्ताव उपर कुनै कारबाही हुने छैन।
तपसिल :
१. पक्की घर कम्तिमा ६ वटा कोठा भएको साथै कोठाहरु फराकिलो र उज्यालो हुनुपर्नेछ ।
२. यस अस्पतालबाट ७०० मिटरको आसपासमा हुनुपर्नेछ ।
३. कम्पाउन्डिङ भएको घरलाई विशेष प्राथमिकता दिइनेछ।
४. सवारी साधन पार्किडको लागि उपयुक्तव्यवस्था भएको साथै पानीको पर्याप्त आपूर्ति, विद्युत सुविधाको पहुँच तथा सुविधा सम्पन्न शौचालय (कम्तिमा दुइ वटा शौचालय भएको र वाथरुम, ढलनिकास, ईन्टरनेटको व्यवस्था हुनुपर्नेछ ।
घर भाडामा दिन चाहने घरधनीले कोठाको साईजका साथै भाडामा दिन चाहेको न्युनतम रकम (प्रचलित कानुन अनुसार लाग्ने कर समेत) उल्लेख गरी निवेदन साथ पेश गर्नुपर्नेछ । (६ वटा कोठाको मासिक २० हजार नबढ्नेगरी (भ्याट सहित)
६. पाटन अस्पतालसँग सम्झौता भए वमोजिम पाटन अस्पतालको रेजिडेन्ट डाक्टरहरु बस्ने हुनाले प्राविधिक मूल्याङकनमा निज डाक्टरहरुको राय पश्चात मात्र आर्थिक मूल्याङकन प्रकृया अगाडि बढ्नेछ ।
७. अन्य कुराहरु प्रस्ताव स्वीकृत भएपश्चात सम्झौतामा उल्लेख गरिनेछ ।
८. यस सम्बन्धी सूचना यस कार्यालयको वेबसाइट https://dhadinghospital.bagamati.gov.np मा साथै नियमबमोजिम सूचना पाटिहरुमा समेत हेर्न सकिनेछ ।
प्रस्तावसाथ पेश गर्नुपर्ने कागजातहरु : १. रु.१० को टिकट सहितको निवेदन,
२. घर रहेको जग्गाको जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि,
३. घर कर (तिरो) बुझाएको रसिदको प्रतिलिपि,
४. जग्गा धनीको नागरिकता प्रमाण पत्रको प्रतिलिपि ।
फोन नं. ०१-५२०१३०, ०१० ५०६०५
डा. गगन अधिकारी
नि. अस्पताल निर्देशक
डा. गगन अधिकारी
अस्पताल निर्देशक
ईमेल : dhodhd.hropital.gmail.com

x