धादिङका ५ जनाले जिते ७ औं एसियन कपमा ८ पदक

Avatar photo
Dhadingpost
असार १०, २०८१

धादिङ । भारतको गोवामा यही असार ७-९ सम्म भएको ७ औं एसियन कप खुल्ला अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप-२०२४ मा नेपालको प्रतिनीधित्व गर्दै खेलेका धादिङका खेलाडीले ८ पदक जित्न सफल भएका छन् ।

इण्डियन तेक्वान्दो एसोसिएसनको आयोजनामा भएको उक्त प्रतियोगितामा एसियाका ११ वटा देशले भाग लिएका थिए । जसमा नेपालबाट धादिङका गल्छी तेक्वान्दो डोजाङका खेलाडी आयुष राना , मलेखु डोजाङका प्रशान्त तामाङ र धुनिबेसी डोजाङका सुपर्ब पन्डितले दुई/दुई पदक जित्न सफल भएका छन् ।

धादिङका खेलाडी कस्ले कुन पदक जिते
गेरोगि (Fight)
जुनियर तर्फ

आयुश राना मगर ३७ के जि प्रथम गल्छी,
सुगम कुन्वार २७ के जि द्वितिय गजुरी,
सुपर्ब पन्डित ४८ के जि तृतीय धुनिबेसी
प्रशान्त तामाङ ५५ के जि तृतीय मलेखु
सिनियर तर्फ
धन बहादुर गुरुङ ५४ के जि तर्फ तृतीय गंगाजमुना

एकल पुम्से
प्रशान्त तामाङ दृतिय
आयुश राना मगर तृतीय
सुपर्ब पन्डित तृतीय