जनस्वास्थ्य धादिङद्वारा ११ विद्यालयमा विशेष अनुदान

Avatar photo
Dhadingpost
असार ५, २०८१

धादिङ । जिल्ला स्वास्थ्य कार्यालय धादिङले विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि जिल्लाका ११ वटा विद्यालयमा प्रदेशको आर्थिक सहयोगमा विशेष अनुदानको कार्यक्रम लागू गरेको छ ।

विशेष अनुदान कार्यक्रम अन्तरगत पहिलो चरणमा ल्यापटप र प्रोजेष्टर वितरण गरिएको र दोस्रो चरणको कार्यक्रम अन्तरगत किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य सुधार अभिमुखिकरण कार्यक्रम जारी रहेको कार्यक्रम अधिकृत मममायाँ तामाङले धादिङपोष्टलाई बताईन् ।

कार्यक्रम अधिकृत तामाङका अनुसार हाल सम्म ७ वटा विद्यालयका शिक्षक विद्यार्थीहरुका बीच अभिमुखिकरण कार्यक्रम गरि सकिएको छ, भने विशेष अनुदान कार्यक्रम अन्तरगत अन्तिम चरणको कार्यक्रममा विद्यालयलाई आवश्यक सामाग्री हस्तान्तरण हुनेछ ।

विद्यालयलाई प्रदान गरिने सामाग्रीमा ह्वाईट बोर्ड, बेञ्च, प्लाटिक कुर्ची, प्लाष्टिक टेवल, सेनेटरी बक्स, बोर्ड मार्कर, डस्टर, प्राथमिक उपचार बक्स, भित्ते घडी, wooden showcase, ऐना, तौल नाप्ने मेशिन, हाईट नाप्ने बोर्ड, बीपी सेट लगायत रहेको कार्यक्रम अधिकृत तामाङले बताईन् ।