रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना

Avatar photo
Dhadingpost
मङ्लबार, जेष्ठ २२, २०८१

प्रस्तुत विषयमा धादिङ जिल्ला थाक्रे गाउँपालिका अन्तर्गत ज्योति माध्यमिक विद्यालय, थाक्रे – ९, पण्डितपौवामा रिक्त रहेको निमावि तह तृतीय श्रेणी गणित विषयको शिक्षक पदमा सरुवाको प्रक्रिया अगाडि बढाइदिन भनी विद्यालयको च.नं. ११५ मिति २०८१/०२/२१ को पत्रबाट अनुरोध भई आएकोले सम्बन्धित तह र विषयका योग्यता पुगेका स्थायी शिक्षकहरूबाट यो सूचना प्रकाशित भएको मितिले पन्ध्र दिनभित्र शिक्षा नियमावलीको अनुसूची १७ बमोजिमको ढाँचामा सम्बन्धित विद्यालय, स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइको सहमति सहित सम्बन्धित विद्यालयमा निवेदन दिन शिक्षक सरुवा सम्बन्धी निर्देशिका, २०८१ को दफा ९ बमोजिम सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।
पनश्चः
१. तोकिएको म्याद भित्र विद्यालयको इमेल ठेगाना jyotisschool@gmail.com मार्फत् समेत निवेदन पेश गर्न सकिनेछ ।
२. म्याद नाघी वा तोकिए बमोजिमको रित नपुगी प्राप्त हुन आएका निवेदन माथि कुनै कारवाही हुनेछैन ।

प्रमुख प्रशासकीय अधिकृत भीष्म कुमार मल्ल
फोन नं. ०१०-४१५०९८ इमेल : thakre.mun@gmail.com वेबसाईट www.thakremun.gov.np