तारामुमो धादिङको अध्यक्षमा सुर्य तामाङ चयन

Avatar photo
Dhadingpost
जेष्ठ २०, २०८१

धादिङ । तामाङ राष्ट्रीय मुक्ति मोर्चा (तारामुमो) धादिङको सातौं जिल्ला भेलाबाट अध्यक्षमा गजुरीका सुर्य तामाङ पुन: अध्यक्षमा चयन भएका छन् ।

भेलाले अमृत तामाङलाई सचिव रहने बनाउँदै २१ सदस्यीय तारामुमो धादिङ जिल्ला समन्वय समिति गठन गरेको छ ।

माओवादी केन्द्रका केन्द्रिय सदस्य सुर्यमान दोङ ुलालध्वजु को प्रमुख आथित्यता भएको उक्त भेलामा केन्द्रिय सदस्य तथा धादिङका ईन्चार्ज पुष्पबिक्रम मल्ल, केन्द्रिय सदस्य राम बहादुर भण्डारी, जिल्ला संयोजक मनराज भण्डारी, जिल्ला सचिव सुवोध लामिछाने लगायतका आतिथ्यता रहेको थियो ।