प्रधानाध्यापक संघ धादिङको अध्यक्षमा सहदेव गजुरेल चयन

Avatar photo
Dhadingpost
जेष्ठ १३, २०८१

धादिङ । प्रधानाध्यापक संघ नेपाल धादिङको अध्यक्षमा केवलपुर हरिहर भोजकुमारी मावि थाक्रे १० का प्रअ सहदेव गजुरेल चयन भएका छन् ।

जिल्ला भेलाले उपाध्यक्षमा सालावास मा बिका प्रअ अ बलराम इटनी , सचिव मा रानीपौवा मा बि सल्यानटारका प्रअ शशिधर पाठक ,सह सचिवमा गोगनपानी मा बिका प्र अ सावित्री घिमिरे ,र कोषाध्यक्षमा चन्द्रोदय मा। वि का रमेश रेग्मी चयन गरेको छ ।

संघीय सांसद रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा भएको उक्त भेलामा विशेष अतिथिमा PAN का केन्द्रिय सदस्य हेरम्वराज कडेल, शिक्षा विकास तथा समन्वय इकाई शाखा अधिकृत कृष्ण कुमार श्रेष्ठ, नीलकण्ठ नगरपालिका नगर प्रमुख भीमप्रसाद ढुङ्गाना, शिक्षक महासंघ धादिङका अध्यक्ष ठानप्रसाद बास्तोला लगायतको आतिथ्यता रहेको थियो ।