गजल

Avatar photo
Dhadingpost
चैत्र १०, २०८०

कुनदिन अर्कैकि भयौ भनेर सुन्छु थाहा छैन !
सुनेर यस्तै रहन्छु या पागल हुन्छु थाहा छैन !!

हिजो सँगै खिचेका तस्विरमा अरुलाई देख्न परे,
तिनै तस्विर यि हातले कसरी छुन्छु थाहा छैन !!

हरेक रात सागर झैँ बग्छन् आँशु यादले पोल्दा,
सकिन्छन आँशु अनि कसरी रुन्छु थाहा छैन !!

नमेटिने गरि यो मनभित्र कोरेको तिम्रो तस्विर,
मेटाउन परे कुन साबुन लगाई धुन्छु थाहा छैन!!

सहन्छु भनेर सहन नमिल्ने बिछोडको चोटहरु,
बेहोसीमै छुरा कहिले छातिमा उन्छु थाहा छैन !!