नीलकण्ठ १४ द्वारा पूर्व जनप्रतिनीधिहरुलाई सम्मान

Avatar photo
Dhadingpost
चैत्र १०, २०८०

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १४ ले आफ्नो वडामा रहेका पञ्चायत काल देखिका पूर्व जनप्रतिनीधिहरुलाई शुक्रबार एक कार्यक्रमका बीच सम्मान गरेको छ ।

वडा अध्यक्ष नवराज दुवाडीको सभापतित्व तथा नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुङ्गानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।

सम्मानित हुने पूर्व जनप्रतिनीधिहरु
प्रदेश सांसद डा. रामकुमार अधिकारी, वडा अध्यक्ष फन्द्रा तमाङ, प्रधानपञ्च हेमप्रसाद अधिकारी, उप प्रधानपञ्च हरि प्रसाद अधिकारी, उप प्रधानपञ्च खम्बा तमाङ, गाबिस अध्यक्ष अब्जनाथ सापकोटा, गाबिस उपाध्यक्ष श्याम ब. शाह, गाबिस अध्यक्ष,धन बहादुर तमाङ, रहेका छन् ।