प्रकाश माविको ६७ औं वार्षिकोत्सवमा देखिएको दृष्य

Avatar photo
Dhadingpost
फाल्गुन १४, २०८०

धादिङ । धादिङ जिल्ला नीलकण्ठ १ स्थित प्रकाश माविको ६७ औं वार्षिकोत्सव नयाँ तरिकाले मनाईएको छ ।

चार दिन सम्म चलेको उक्त वार्षिकोत्सव कायक्रम अन्तरगत पहिलो दिन फिडर बिद्यालय सहित ५६ जना शिक्षकहरुका लागि बिद्यार्थी मूल्यांकन ,पाठ्यक्रम कार्यान्वयन एवं सिकाइ आपूरण तथा द्रुत सिकाइ सम्बन्धी प्रबोधिकरण तालिम, दोस्रो दिन फागुन ११ गते शिक्षकहरुद्वारा वार्षिक शैक्षणिक योजना तथा दैनिक पाठयोजना निर्माण तथा छलफल, तेस्रो दिन शैक्षिक सामग्री पहिचान तथा निर्माण र आन्तिम दिन भित्ता लेखन तथा शैक्षिक सामग्री निर्माण तथा भण्डारण कार्यक्रम गरिएको छ ।

परम्परागत शैलिभन्दा हामीले यो वार्षिक उत्सवलाई सिकाई केन्द्रित गरि मनाएका छौं यसले सिक्ने र सिकाउने कार्यमा थप उत्साह पैदा गरेको प्रधााध्यापक शंकर अधिकारीले धादिङपोष्टलाई बताए ।