धादिङका सुरजले पाए एन्फाको रेफ्री लाईसेन्स

Avatar photo
Dhadingpost
माघ २८, २०८०

धादिङ । धादिङ नीलकण्ठ १ का सुरज गुरुङले एन्फा बागमती प्रदेशले संचालन गरेको रेफ्री कोर्ष पुरा गर्दै जिल्ला स्तरीय प्रतियोगिताहरु खेलाउन पाउने रेफ्री लाईसेन्स प्राप्त गरेका छन् ।

धादिङमा एन्फाबाट जिल्ला स्तरीय रेफ्रीको लागि कोर्ष पुरा गरि लाईसेन्स लिनेको संख्या २० जना भन्दा बढी रहेतापनि रेफ्रीको भूमिकामा देखिनेमा ५—७ जना मात्रै रहेको जिल्ला फुटबल संघ धादिङका महासचिव रामहरि थापा बताउँछन् ।