बागमती प्रदेशले गौतम बुद्ध क्रिकेट रङ्गशाला निर्माणका लागि ५२ करोड ५० लाख दिने

Avatar photo
Dhadingpost
माघ २३, २०८०

धादिङ । बागमती प्रदेश सरकारको मंगलबार बिहान बसेको बैठकले चितवनमा निर्माणाधीन अन्तर्राष्ट्रिय गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ५२ करोड ५० लाख दिने स्रोत सुनिश्चितता गरेको छ ।

उक्त रङ्गशाला निर्माणका लागि भरतपुर महानगरपालिकाले तयार गरेको ७५ करोड रुपैयाँको लागत अनुमानमा प्रदेश सरकारले ७० प्रतिशत रकम वेहोर्ने सर्त अनुसार हुन आउने ५२ करोड ५० लाख दिने सुनिश्चितता गरिएको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताए ।

महानगरपालिकाको ३० प्रतिशत र प्रदेशको ७० प्रतिशत लागतमा तयार हुने उक्त रङ्गशालामा १० हजार दर्शक अट्ने प्याराफिट सहित क्रिकेट पिच र मैदान निर्माण हुनेछ । फाईल तस्वीर