धादिङ ढोरपाटन भलिबलको टप सिक्समा प्रवेस

Avatar photo
Dhadingpost
माघ १४, २०८०

धादिङ । होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा जावलाखेल भलिबल ट्रेनिङ क्लब र बागमती प्रदेशलाई‌ पराजित गर्दै टप सिक्समा प्रवेस गरेको छ । जावलाखेल भलिबल ट्रेनिङ क्लब लाई पराजित गर्दै पहिलो जित निकालेको धादिङले जावलाखेललाई २५-२२,२५-१९,१८-२५ र २५-९ ले हराएको थियो भने बागमती प्रदेशलाई‌ २५-८, २५-१३,२५-१२ ले हराएको हो । तीन खेल खेलको धादिङ, एन्जल्स हार्ट सँग भने पराजित भएको थियो ।

सहायक कोच दिलिप मगरका अनुसार धादिङ स्पोर्टस क्लबबाट गंगा गुरुङ, जमुना गुरुङ, प्रतीक्षा थापा मगर, रोजिना बराम, तारा राई, बिपना गिरी, भुमिका बानिया, सोनिया बस्नेत, पुनम बिष्ट, सोइङ थापा मगरले खेलेका छन् ।

ढोरपाटन स्पोर्टस क्लबले गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा आयोजना गरेको यस प्रतियोगितामा एपिएफ, बागमती, पुलिस , जावलाखेल, त्रिभुवन आर्मी क्लब, न्यु डायमण्ड , धादिङ स्पोर्टस क्लब र एन्जल्स हार्ट गरि ८ टोलीको सहभागिता रहेकाे छ । पहिलो लिगको शीर्ष ६ स्थानमा रहने टोलीले दोस्रो लिगमा पुनः प्रतिस्पर्धा गर्ने ढोरपाटनले जनाएको छ । ढोरपाटनको १६ औं संस्करणको उत्कृष्ट खेलाडी र वर्षको उत्कृष्ट खेलाडीले एम्पियरको स्कुटर प्राप्त गर्नेछन् ।