
धादिङ । नेकपा एमालेले राष्ट्रियसभा सदस्यको उम्मेदवारमा धादिङका ध्रुव विश्वकर्मालाई उठाउने भएको छ । माघ ११ गते हुने निर्वाचनको लागि एमालेले १९ जना उम्मेदवारको नाम टुङ्गो लगाउँदा धादिङका विश्वकर्मा पनि परेका हुन् ।
महासचिव शंकर पोखरेलका अनुसार दलितबाट ध्रुव विश्वकर्मा (धादिङ), कोशी प्रदेशमा महिलाबाट रुक्मिणी कोइराला (सुनसरी), अन्यबाट पर्शुराम अधिकारी (भोजपुर), मधेशमा महिलाबाट उषादेवी थरुनी (पर्सा), अन्यबाट डा. अर्जुनकुमार सिंह राजपुत (महोत्तरी), बागमतीमा महिलाबाट रोचकुमारी चौलागाईं (दोलखा), अन्यबाट त्रिलोचन निर्मल पौडेल (चितवन), अपाङ्गतारअल्पसंख्यकबाट विवेक देवकोटा (काठमाडौं), , गण्डकीमा महिलाबाट सम्झना देवकोटा (गोरखा), अन्यबाट चक्रबहादुर पराजुली (स्याङ्जा), अपाङ्गतारअल्पसंख्यकबाट हेमन्द्र शेरचन (मुस्ताङ), लुम्बिनीमा महिलाबाट तुलसाकुमारी केसी (दाङ), अन्यबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री (पाल्पा), कर्णालीमा महिलाबाट विमलाकुमारी शाही (हुम्ला), अन्यबाट डिल्लीप्रसाद भट्ट (मुगु), दलितबाट हिक्मत विक (दैलेख), सुदूरपश्चिममा महिलाबाट सावित्रादेवी घिमिरे (कैलाली), अन्यबाट ईश्वरीप्रसाद खरेल (कञ्चनपुर) र अपाङ्गतार अल्पसंख्यकबाट रामचन्द्र जोशी (कैलाली) रहेका छन् ।
धादिङका ध्रुव विश्वकर्माको राजनीतिक यात्रा
धादिङबाट एमालेको उम्मेदवारको सूचीमा परेका ध्रुव विश्वकर्माले ०४८ सालमा पार्टी सदस्यता लिई राजनीतिक यात्रा सुरु गरेका थिए । अनेरास्ववियु, उजाउ धादिङको सदस्यको जिम्मेवारी पुरा गरेका उनी एमालेको उपयोग नीति अनुसार ०४३ सालमा बेनीघाट गाउँपञ्चायतको उम्मेद्वार समेत बनेका थिए । एमाले धादिङको १३ नम्बर इलाका कमिटी सदस्य हुँदै राजनीतिलाई थप तिखारिएका उनी एमालेको ७ औ र ८ औं महाधिबेशन पछि बनेको पार्टी कमिटीको निर्णयबाट एमालेको सहकारी विभागमा समेत रहेर काम गरेका थिए । २०६४ सालमा जिल्ला कमिटी सदस्य बनेका उनी हाल एमाले बागमती प्रदेश कमिटी सदस्य रहेका छन् ।
