नलाङमा जारी खुल्ला पुरुष भलिबल उग्रचण्डीले जित्यो

Avatar photo
Dhadingpost
कार्तिक ११, २०८०

धादिङ । धादिङको सिद्धलेक १ नलाङ खिर्रेमा तमु युवा समाजले आयाेजना गरेकाे खुल्ला पुरुष भलिबल गण्डकीका प्रदेशका खेलाडीले भरिएकाे उग्रचण्डीले जितेकाे छ ।

खिर्रे स्थित नलाङ पात्ले मा.विको खेल मैदानमा भएको फाइनलमा उग्रचण्डीले सिद्धलेक–३ टिमलाई २५–२१, २५–१७ र २८–२६ ले हराउँदै उपाधी चुमेकाे हाे ।

विजेता उग्रचण्डीले नगद एक लाख नगद, उपविजेता सिद्धलेक–३ ले नगद ५० हजार जितेकाे थियाे भने सलाङ कै मनकामना क्लवले मैदीकाे खड्कदेवी युवा क्लवलाई पराजित गर्दै नगद ३० हजार जत्न सफल भयाे ।

प्रतियोगितामा उग्रचण्डीका रवि केसी बेस्ट प्लेयर, उग्रचण्डीकै सुजन चोख्याल बेस्ट सेटर र सिद्धलेक–३ टिमका शरण सामरी बेस्ट स्पाईकर घाेषित भए ।