धादिङ समाज चेक रिपब्लिकको संयोजकमा दीपक गिंदेल

Avatar photo
Dhadingpost
अशोज २१, २०८०

अन्तर्राष्ट्रिय धादिङ समाजले बिभिन्न देशमा गरिरहेको धादिङ समाज बिस्तारको क्रममा समाज सेवी तथा युवा खेलकूद शुभचिन्तक दीपक गिंदेल लाई धादिङ समाज राष्ट्रिय समन्वय परिषद चेक रिपब्लिकको संयोजक पदमा चुनिएका छन् ।

स्थाई घर ज्वालामुखी -७ भएका गिंदेल चेक रिपब्लिक लाई कर्म थलो बनाउदै आएका छन् । उनले स्थानीरूपमा बिभिन्न समयमा खेलकूद प्रतियोगिता सफलता का साथ सम्पन्न गरेका छन ।

अन्तर्राष्ट्रिय धादिङ समाज को मुख्य उदेश्यहरु मध्य संसार भर छरियर रहेका धदिन्गेली हरु लाई एउटै साझा ठाउमा ल्याउने पनि एक हो । अध्यक्ष राजन खकुराल तथा महासचिव राजेन्द्र श्रेष्ठले संयोजक गिंदेल लाई बधाई दिदै ‘’जहाँ धदिन्गेली त्यहाँ धादिङ” मूल नारा रहेको सस्थाले धादिङ समाज राष्ट्रिय समन्वय परिषद बिस्तार लाई तिब्र पारेको छ ।