धादिङको एड्भान्सले जित्यो, १ स्वर्ण सहित ११ पदक

Avatar photo
Dhadingpost
अशोज ८, २०८०

धादिङ । काठमाडौँ त्रिपुरेश्रवर स्थित कभड हलमा असोज ५ देखि ६ सम्म सम्पन्न भएको चौथो खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा १ स्वर्ण सहित ११ पदक एड्भान्स एकेडेमीका खेलाडीले जित्न सफल भएको छ ।

उक्त प्रतियोगितामा ३० के.जी तर्फ जेनिस श्रेण्टले स्वर्ण पदक जितेका छन् भने ५३ के.जी तर्फ सुस्मिता महत्तो , २८ के.जी . तर्फ प्रयास गिरी , पुम्से तर्फ अन्जना तामाङले रजत पदक जितेका छन् । साथै ४१ के.जी तर्फ करन घले , २७ के.जी तर्फ विनिसा तामाङ र विज्ञा श्रेष्ठ , ४५ के.जी. तर्फ शुभ श्रेष्ठ , पुम्से तर्फ साकारिका बराइली , एलिसा तामाङ र कामना गुरुङले कास्य पदक प्राप्त गरेको एड्भान्स एकेडेमीका तेक्वान्दो प्रशिक्षक मरियम तामाङले बताईन् ।

भारत र भुटानन जस्ता देश सहभागी भएको उक्त प्रतियोगितामा धादिङ जिल्लाबाट ५० जनाभन्दा बढी खेलाडीहरुले उक्त प्रतियोगितामा सहभागी भएकोमा धादिङ जिल्लाले १६ पदक प्राप्त गरेकोमा एड्भान्स एकेडेमीका खेलाडीले मात्र ११ जनाले
पदक प्राप्त गरेको एड्भान्स एकेडेमीको प्रिन्सिपल भिमबहादुर श्रेष्ठले धादिङपोष्टलाई बताए ।

उक्त प्रतियोगितामा धादिङबाट राजुराज पाण्डे (निर्णय), सपना लामा (रेफ्री), श्याङ्दीप तामाङ (रेफ्री), दीपेन्द्र श्रेष्ठ (रेफ्री) को भूमिकामा देखिएका थिए ।