धादिङको चरौंदीमा आज तीज विशेष साँस्कृतिक कार्यक्रम हुने

Avatar photo
Dhadingpost
अशोज १, २०८०

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका स्थित चरौदी बजारमा आज हरितालिका तीज अवसरमा तीज विशेष साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा चरौँदी बजार टोल विकास संस्थाले आयोजना गर्ने उक्त तिज विशेष साँस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने बताईएको छ ।

विगत केहि वर्ष देखि हरेक साल चरौंदीमा हुँदै आएको तीज विशेष साँस्कृतिक कार्यक्रममा यस पटक प्रतिमा अर्याल, रामकुमार नेपाली, पुजा पुरी, जुना डललाकोटी, डोलराज परियार, राजेन्द्र दुधराज लगायतका कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ । फाईल तस्वीर