रोटरी क्लव धादिङको ४०७ औं बैठक सम्पन्न, भैरवी मन्दिर परिसरमा शौचालय बनाउने निर्णय

Avatar photo
Dhadingpost
भदौ २८, २०८०

धादिङ । रोटरी क्लव अफ धादिङको ४०७ औं बैठक बुधबार सम्पन्न भएको छ ।

विभिन्न क्षेत्रमा सहयोग गर्दै आई रहेको रोटी क्लव अफ धादिङका अध्यक्ष नविन कुमार श्रेष्ठका अनुसार बुधबारको बैठकले आन्तरिक तथा वाह्य पर्यटकहरुको गन्तव्य स्थल बन्दै गरेको भैरवी मन्दिर परिषरमा सार्वजनिक शौचालन निमार्णमा सहयोग गर्ने निर्णय गरेको छ ।

यो नियमित वैठक हो । हामीले धेरै निर्णय गरेनौ, रक्तदान, पर्व विशेष हुने विभिन्न सामाजि गतिविधिमा हातेमाले गर्ने रोटरीको अवधारणा नै हो । सहयोगका अन्य कार्यक्रमहरु पनि लिएर आउँदै छौं अध्यक्ष श्रेष्ठले धादिङपोष्टलाई बताए ।