धादिङ नेपाली समाज अमेरिकाले तिज विशेष वनभोज गर्दै

Avatar photo
Dhadingpost
भदौ २४, २०८०

धादिङ । धादिङ नेपाली समाज अमेरिकाले सेप्टेम्बर १६ शनिबारका दिन कोरोना पार्क क्वीन्स न्यूयोर्कमा हरितालिका तिज विशेष पिकनिक कार्यक्रम गर्ने भएको छ ।

धादिङबाट स्थायी वा अस्थायी रुपमा अमेरिकाका बस्दै आएकाहरुको साझा संस्था धादिङ नेपाली समाज अमेरिकाका अध्यक्ष रामेश्वर बुर्लाकोटीका अनुसार उक्त तिज विशेष कार्यक्रमको अवसरमा हुने पिकनिकमा खेलकुद, मनोरञ्जन एवम् नाचगान कार्यक्रमका हुने छ ।

धादिङ नेपाली समाज अमेरिकामा ४२३ जना आवद्ध छन् भने अन्दाजी करिव १ हजारको हाराहारीमा १ हजारको संख्यामा धादिङहरु रहेको अध्यक्ष बुर्लाकोटीले बताउनु भयो ।