नेकपाले भदौ २३ गते धादिङबेसीमा एमसीसी विरुद्ध अन्तरक्रिया गर्ने

Avatar photo
Dhadingpost
भदौ २२, २०८०

धादिङ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भदौ २३ गते धादिङबेसीमा एमसीसी परियोजना विरुद्ध अन्तरक्रिया गर्ने भएको छ ।

जिल्ला सेक्रेटरी प्रमोद सी का अनुसार जिल्लाका क्रियाशिल दलका नेता, बार एशोसियसन, सर्वसाधरण नागरिकको धारण समेत समेट्ने गरि बीचबजार स्थित होटल सारथीमा एमसीसी परियोजना विरुद्ध अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागिएको हो ।

ब्याख्यात्मक टिप्पणीका नाममा राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट अनुमोदन गरेर नेपालको राष्ट्रिय स्वाधीनता माथिको निर्मम प्रहार गरेको र अहिले त्यसलाई कार्यन्वयन गर्न लागि परेको भन्दै त्यसको बिरुद्ध विप्लव नेतृत्वको नेकपाले विरोध गरिरहेको छ ।