पूर्वप्रधानमन्त्री देउवा भोली धादिङबेसी आउने

Avatar photo
Dhadingpost
साउन ३०, २०८०

धादिङ । नेपाली कांग्रेसका सभापति एवमु पूर्व प्रधान मन्त्री शेरबहादुर देउवा भोली बुधबार १ बजे धादिङबेसी आउने कार्यक्रम रहेको कांग्रेस धादिङका सचिव विकास श्रेष्ठले बताएका छन् ।

नेपाल नगरपालिका संघका अध्यक्ष एवम् नीलकण्ठ नगपालिकाका प्रमुख भीम प्रसाद ढुङ्गानाको पिता सोमनाथ ढुङ्गानाको स्वार्गारोहण भएको १३ औं पुण्य तिथिमा श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारलाई समवेदना दिन पूर्वप्रधानमन्त्री देउवा भोली धादिङबेसी आउने भएका हुन् ।