थाइल्यान्डमा धादिङका ६ खेलाडीले जिते पदक

Avatar photo
Dhadingpost
असार १८, २०८०

धादिङ । थाइल्यान्डमा जुलाई १ र २ मा सम्पन्न छैटौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप प्रतियोगितामा नेपालका लागि धादिङका खेलाडीले ६ पदक जित्न सफल भएका छन् ।

उक्त प्रतियोगितामा धादिङबाट प्रतिस्पर्धा गर्ने मरियम तामाङले स्वर्ण पदक, धनबहादुर गुरुङ, साइरस खनाल, आशिस तामाङ, सुजन घलेले दोस्रो हुँदै रजत पदक जिते भने विवेक घलेले कास्य पदक जित्न सफल भएका हुन् ।

एड्भान्स एकेडेमीको तेक्वान्दो शिक्षक मरियम तामाङले पुम्सेमा स्वर्ण जितेकी हुन् भने ५४ केजी तौल समुहको फाईनलमा फिलिपिन्स सँग पराजित हुँदै नेपाल तेक्वान्दो सघं जिल्ला कार्यसमिति धादिङका सदस्य तथा मलेखु तेक्वान्दो डोजाङ, पाविल हिमाल तेक्वान्दो डोजाङको प्रमुख समेत रहेका धन बहादुर गुरुङले रजत पदक हात पारेका हुन् ।