पौडी खेल्ने क्रममा डुबेर दुई बालकको निधन

Avatar photo
Dhadingpost
जेष्ठ २७, २०८०

खानेपानी तथा सिंचाइका लागि बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा शुक्रबार जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं. १३ बस्ने दुई बालकको डुबेर निधन भएको छ ।

निधन हुनेमा नरबहादुर बस्नेतका वर्ष ८ का छोरा पाण्डप बस्नेत र टीकाराम बस्नेतका वर्ष ९ का छोरा प्रमोद बस्नेत छन् ।

नेकपा (माओवादी केन्द्र) भेरी नगरकमिटिका अध्यक्ष बस्नेतका अनुसार दुवै बालक विद्यालयमा पढेर घर आई खाजा खाएर पौडी खेल्न गएका र सोही क्रममा डुवेर निधन भएको हो । सो पोखरी खानेपानी तथा सिंचाइका लागि निर्माण गरिएको थियो । गोरखापत्रबाट

x