धादिङ-नुवाकोट समाज युके कप हुने

Avatar photo
Dhadingpost
जेष्ठ २७, २०८०

युके । धादिङ-नुवाकोट समाज युकेले जुलाई २९ मा धादिङ नुवाकोट समाज युके कप फुटबल प्रतियाेगिता र चौरासी ब्यन्जन खानाको साथमा नेपालका चर्चित कलाकारको उपस्थितिमा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

युकेबाट हामीलाई धन तामाङले जानकारी दिए अनुसार, उक्त दिन समाजको आयोजनामा हुने फुटबल कार्यक्रम पछि नेपाली राष्ट्रिय कलाकार तथा यूकेमा रहेका साथमा स्थानीय भान्जा भान्जीहरुको प्रस्तुती रहनेछ भने कार्यक्रममा गुर्खा रेस्टुरेन्टको चौरासी ब्यन्जन सहित डिनरको ब्यवस्थापन गरिने बताईएको छ ।