नुवाकाेट भलिबलमा धादिङको सिद्धलेकले जित्याे २ लाख

Avatar photo
Dhadingpost
बैशाख १२, २०८०

धादिङ । नुवाकोटको म्यागङ गाउँपालिका -५ सामरीमा जारी नुवाकोट, रसुवा र धादिङ तीन जिल्लाको अन्तरपालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी धादिङको सिद्धलेकले जितेकाे छ ।

धादिङको सिद्धलेकले फाईनलमा नुवाकोटको तादी गाउँपालिकाको टिमलाई पराजित गरे सँगै नगद २ लाख राशीकाे प्रथम पुरस्कार हात पारेकाे छ ।
फाईनल जित्ने सिद्धलेक टिम
१. अमन आले मगर
२. रेशम छन्त्याल
३. बिदुर इटनी
४. बलराम गुरुङ
५. प्रदीप थापा मगर
६. मनोज श्रेष्ठ
७. सन्जित थापा
८. निशान त्रिखत्री
९. सुजन परियार
प्रशिक्षक : गणेश सिलवाल

धादिङका भलिबल रेफ्री एवम् सिद्धलेक टिमका कोच सन्दिप थापामगरका अनुसार सिद्धलेक टिमले क्रमशः पन्चकन्या गाउँपालिका नुवाकोट, किस्पाङ गाउँपालिका नुवाकोट र क्वाटर फाइनलमा नौकुण्ड गाउँपालिका रसुवालाई र सेमिफाईनलमा धादिङ कै खनियाबास गाउँपालिकालाई र फाईनलमा नुवाकाेटकाे तादीलाई पराजित गरेको हाे । यस प्रतियोगितामा दोस्रो पुरस्कार तादीले १ लाख र तृतिय भएकाे धादिङ कै खनियाबासले ५० हजार हात पारेकाे छ ।