धादिङको भलिबल टिम चितवन सँग फाईनल खेल्ने, फर्जी खेलाडी राख्दा जितेर पनि काठमाडौं आउट

Avatar photo
Dhadingpost
बैशाख ५, २०८०

धादिङ । फर्जि खेलाडी खेलाएर सेमिफाईनलमा धादिङको छात्र भलिबल टिमलाई पराजित गर्ने काठमाडौं कार्वाहीमा पर्दा धादिङ फाईनल पुगेको छ ।

धादिङ सँगको खेलमा काठमाडौंबाट खेल्ने सिन्धुपाल्चोकका सुरेश तामाङले आफ्नो उमेर बढी भएपछि धादिङ साविक दार्खा गाविसको गणेश कुण्डमा पढ्ने सुरेश तामाङको डकुमेन्ट पेस गरि सेमिफाईनलमा खेलेको प्रमाण सहित धादिङ जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङले आयोजक बागमती प्रदेश खेलकुद परिसदमा उजुरी दिएका थिए ।

बागमती प्रदेश खेलकुद परिसदले काठमाडौंले फर्जी खेलाडी खेलाएको पाईएकोले काठमाडौंको छात्र भलीबल टिमलाई आउट गरिएको बताएको सदस्य भिमसेन थापाले बताए । धादिङका भलिबल प्रशिक्षक सन्दिप थापाले ति खेलाडीलाई हामीले गत वर्ष नै निगरानी गरेका थियौं । उनी सिन्धुपाल्चोक घरभई काठमाडौं मनकामना सेकेण्डरी स्कुल पढ्थे तर आफ्नो डकुमेन्टमा उमेर बढी हुनेभएपछि नाम मिल्ने धादिङकै एक जनाको डकुमेन्ट राखेर खेलेको पाईएको हो उनले भने ।