धादिङले कबड्डीको फाईनल काठमाडौं सँग खेल्ने

Avatar photo
Dhadingpost
बैशाख ५, २०८०

धादिङ । काठमाडौंमा जारी बागमती प्रदेशको १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा धादिङको छात्रा कबड्डी टिमले सेमिफाईनलमा मकवानपुरको ८ स्कोरका विरुद्ध ४६ स्कोर ल्याउँदै फाईनलमा काठमाडौं सँग खेल्ने भएको हो ।

धादिङका लागि प्रदेश छनोट खेलिरहेका छात्रा खेलाडीहरु
१. विपिना लामा, २. समिक्षा प्रजा, ३. सविना स्याङ्तान, ४. धना राहडी मगर, ५. इन्दिरा श्रेष्ठ, ६. नम्रता श्रेष्ठ, ७. संगिता भुजेल, ८. बिन कुमारी भुजेल, ९. अनु तामाङ

धादिङको छात्र कबड्डी टिम भने सेमिफाईनलमा मकवानपुर सँग पराजित हुँदा तेस्रो बन्न पुग्यो । छात्रा कबड्डीको फाईनल आज दिउँसो २ बजे हुने टिम कोच रत्नेश यादवले धादिङपोष्टलाई बताए ।