रेडक्रस धादिङको सर्व सम्मत नेतृत्व चयन

Avatar photo
Dhadingpost
फाल्गुन ९, २०७९

धादिङ । नेपाल रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखाको ३६ औँ बार्षिक साधारण सभा तथा १२ औँ जिल्ला अधिबेशनले सवए सम्मत नयाँ कार्य समिति चयन गरेको छ ।

दुई दिन सम्म धादिङबेसीमा चलेको उक्त अधिवेशनले सभापतिमा दुर्लभकुमार तामाङ, महिला उप सभापतिमा अप्सरा सिंखडा (दिपा), उपाध्यक्षमा ध्रुव बहादुर थापा, मत्री नेमबहादुर श्रेष्ठ, कोषाध्यक्ष नारायण कुमार श्रेष्ठ र उप मन्त्री मिम्बा तामाङउप कोषाध्यक्षमा राजन सिंखडालाई सर्व सम्मत चयन गरेको हो ।

यस्तै नयाँ कार्यसमितिका लागि सर्व सम्मत निर्वाचित हुने सदस्यहरुमा सिर्जना पाण्डे थापा, कमला खड्का, संगिता पाण्डे विसुराल, जंगबहादुर तामाङ, नकुल बहादुर कार्की, कान्छा तामाङ, राजन रेग्मी (निशान), भिमकान्त सिलवाल, राजकुमार श्रेष्ठ र पवन थपलिया रहेका छन् ।