धादिङबेसीमा जारी भिमसेन स्मृति कप भलिबलको फाईनल भोली

Avatar photo
Dhadingpost
फाल्गुन ८, २०७९

धादिङ । धादिङबेसी स्थित नीलकण्ठ माध्यामिक विद्यालयले आयोजना गरेको भिमसेन स्मृति कप भलिबल प्रतियोगिताको फाईनल भोली हुने आयोजकले जनाएको छ । ११ टिम सहभागि उक्त प्रतियोेगिताको क्वाटर फाईनलका सबै खेलहरु आज सकिएका छन् ।

नीलकण्ठ माध्यामिक विद्यालयले विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिमसेन कुमार श्रेष्ठको स्मृतिमा आयोजना गरेको यस प्रतियोगिता अन्तरगत आज भएको क्वाटर फाईनल पारगर्दै चिल्ड्रेनपार्क, पशुपति मावि, एड्भान्स एकेडेमी र नीलकण्ठ मावि सेमिफाईनल प्रवेस गरेका छन् ।

फर्जि खेलाडी राखेपछि धादिङ बोर्डिङ आउट
लिग
चरणको खेलमा फाईनल दावेदारको रुपमा दावी गर्दै आएको पशुपति माविलाई धादिङ बोर्डिङले पराजित गरे सँगै धादिङ बोर्डिङले नियम विपरित फर्जि खेलाडी राखेको दावी सहित पशुपतिले उजुरी गरेपछि आयोजकले धादिङ बोर्डिङलाई उजुरीमा उल्लेख गरेको खेलाडी आफ्नै विद्यालयमा पढेको आधार पेस गर्न गरेको आग्रह गर्दा धादिङ बोर्डिङले उक्त आधार पेस गर्न नसकेपछि लिक चरणको एक खेल बाँकी हुँदै धादिङ बोर्डिङको टिमलाई प्रतियोगिताबाट हटाई पशुपति माविलाई विजेता घोषणा गरिएको थियो ।

चिल्ड्रेनपार्कले पशुपति माविले धुवाँकोट स्थित सरस्वती माविलाइ, एड्भान्स एकेडेमीले नीलकण्ठ बहु प्राविधिक शिक्षालय लाई र नीलकण्ठ माविले देउराली माविलाई पराजित गर्दै सेमिफाईलको यात्रा तय गरेका हुन् । भोली हुने पहिलो सेमिफाईनल खेल पशुपति मावि र चिल्ड्रेनपार्क मावि बीच बिहान ८ बजे र दोस्रो सेमिफाईनल खेल एड्भान्स एकेडेमी र नीलकण्ठ मावि बीच बिहान ९ बजे हुने आयोजक विद्यालय नीलकण्ठ माविले जानाएको छ । प्रतियोगितामा प्रथम पुरस्कार ३० हजार, दोस्रो पुरस्कार २० हजार र तृतिय पुरस्कार १३ हजार रहेको छ ।