रेडक्रस धादिङको अधिवेशन आज र भोली, को बन्ला सभापति ?

Avatar photo
Dhadingpost
फाल्गुन ८, २०७९

धादिङ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङको ३६ औं साधारणसभा तथा १२ औं अधिबेसन आज र भोली (फागुन ८ र ९ गते) धादिङबेसीमा हुँदैछ ।

सभापति नारायण तिमल्सिनाले पुन सभापति बन्न आफु इच्छुक रहेको र सर्व सहमतिमा एक कार्यकाल सभापति बनाईदिन प्रतिनीधिहरु सँग अनुरोध गरेका छन् भने, हालका मन्त्री दुर्लभ कुमार तामाङले पनि, यो पटक आफू सभापति पदको उम्मेदवार रहेको बताएका छन् ।

११ औं अत्रिवेशनमा सभापतिमा नारायण तिमल्सिना, उप सभापतिमा शान्तिकुमारी श्रेष्ठ र डोलबहादुर अधिकारी मन्त्रीमा दुर्लभ कुमार तामाङ, उपमन्त्रीमा नारायण कुमार श्रेष्ठ र उप कोषाध्यक्षमा केशव अधिकारी निर्विरोध निर्वाचित भएका थिए भने कोषाध्यक्ष सहित अन्य पदमा निर्वाचन भएको थियो ।