
धादिङ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आठौं महादिबेशन धादिङबेसीमा यहि फागुन १२ देखि १४ सम्म हुने भएको छ । देशभरबाट धादिङमा १ हजार भन्दा बढी प्रतिनीधि सहभागि हुने यस महादिबेशनको धादिङमा भने खासै प्रचार-प्रसार भएको देखिदैन ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल बागमती प्रदेशका उपाध्यक्ष एवम् महादिबेशन प्रचार प्रसार समितिका संयोजक कृष्ण ढकाल (शिसिर) भन्छन्, हाम्रो कार्यसमिति चुन्ने महादिबेशन भएकोले खासै मिडियामा प्रचार-प्रसार नगरिएको हो । ख्यातिप्राप्त कलाकार सहित देशभरबाट आउने प्रतिनीधिहरुका लागि धादिङबेसीका सबै मलेखु र गजुरीका होटलहरु उक्त समयका लागि बुक गरिसकिएको समेत उनले बताए ।
एक करोड भदा बढी खर्चहुने बताईएको उक्त महादिबेशनमा धादिङ नीलकण्ठ नगरपालिका २ निवासी चर्चित लोकदोहोरी गायीका एवम् प्रतिष्ठनको हालको उपाध्यक्ष रिता थापामगरले आगामी अध्यक्षका लागि उम्मेदवारी घोषणा गरिसकेकी छिन् ।
केहि महिना पहिला भएको प्रतिष्ठानको जिल्ला अधिवेशनमा नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुङ्गानाले आवश्यक आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाए सँगै राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको केन्द्रिय समितिको बैठकले आठौं केन्द्रिय महाधिवेशन धादिङमा गर्ने निर्णय गरेको थियो । महाधिवेशनको उद्घाटन नेपाल सरकारका उप-प्रधानमन्त्री एवम् एमालेका नेता विष्णु पौडेलले गर्ने प्रचार-प्रसार समतिका ढकालले बताए ।
