पूर्व प्रहरी संगठन धादिङको अध्यक्षमा नबराज दुवाडी चयन

Avatar photo
Dhadingpost
फाल्गुन ६, २०७९

धादिङ । नेपाल पूर्व प्रहरी संगठन धादिङको पाँचौँ अधिबेशनले नबराज दुवाडीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ ।

नव गठिन कार्य समितिको वरिष्ठ उपाध्यक्षमा वेदनारायण श्रेष्ठ, उपाध्यक्षमा गोकर्ण प्रसाद दाहाद, कोषाध्यक्षमा रामबहादुर दाहाल, सचिवमा शालिकराम लम्साल र सह सचिवमा तुल बहादुर अधिकारी चयन भएका छन् । आफुनो जागिरे जिवनबाट अवकाश प्राप्त धादिङका प्रहरीहरुको यस संगठनमा अहिले सम्म ३३३ जना आजिवन सदस्यहरु रहेका छन् ।

आफ्नो जागिरको सिलसिलामा माओवादी जनयुद्धको समयमा वीरगती प्राप्त गर्ने धादिङका प्रहरी
१. मोहन सिंह श्रेष्ठ, सुनौलाबजार
२. अर्जुन धरेल, त्रिपुरेश्वर
३. केशव बुढाथोकी, रलीभञ्ज्याङ
४. निम बहादुर गुरुङ्ग, साङ्कोस
५. गोकर्ण गिरी, जोगिमारा
६. अम्मर बहादुर थापामगर, खाल्टे
७. कृष्ण बहादुर श्रेष्ठ, सुनौलाबजार
८. अर्जुन खकुरेल, छत्रेदेउराली
९. केदार प्रसाद अधिकारी, बैरेनी
१०. चेत नारायण त्रिपाठी, आगिञ्चोक
११. शैलेन्द्र दनै, चैनपुर
१२. रामजी प्रसाद उपाध्याय, आगिञ्चोक
१३. लिला बहादुर नेपाली, सुनौलाबजार
१४. होमनाथ थपलिया, सलाङ
१५. भरत दुवाडी, ढोला
१६. धननाथ थपलिया, सलाङ
१७. गम बहादुर गुरुङ, साङ्कोस
१८. हस्त बहादुर तामाङ, सेमजोङ