
काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गत त्रिदेशी एकदिवसीय श्रंखला अन्तरगत आज नामिबियाविरुद्ध खेल्दै छ । खेल आज शनिबार बिहान ९ बजेबाट सुरुहुनेछ । सुरुवाती दुई खेलमा सानदार जित हात पारेको नेपालको मनोबल उच्च छ । नेपाल त्यहिँ नतिजालाई निरन्तरता दिँदै ओडिआई मान्यता मजबुत बनाउन चाहन्छ । नेपालले पहिलो खेलमा नामिबियालाई दुई विकेटले पराजित गरेको थियो । २ सय ८६ रनको विजयी लक्ष्य पूरा गर्दै नेपालले इतिहास रचेको थियो । जुन योगफल नेपालले पूरा गरेको सर्वाधिक ठूलो योगफल थियो ।
सिरिजमा नेपाल २६ खेलमा २२ अंक जोडेर छैटौं स्थानमा रहेको छ । नामिबिया ३२ खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । नेपालको टिममा रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने, गुलशन झा, भिम सार्की, सुर्य तामाङ र वैकल्पिक खेलाडीमा आरिफ शेख, प्रतिश जी.सी,श्याम(मौसम) ढकाल र अर्जुन साउद रहेका छन् ।
नेपाल २६ खेलमा १० मा जित र १४ मा हारसहित २२ अंकका साथ छैटौं स्थानमा छ । नेपाल शीर्ष तीनमा पर्न बाँकी १० खेल नै जित्नुपर्ने हुन्छ । ओडिआई मान्यता जोगाउन नेपालले कम्तिमा ७ खेल जित्नुपर्ने हुन्छ । उता नामिबिया ३२ खेलमा १८ मा जित र १३ मा हारसहित ३७ अंकका साथ तेस्रो स्थानमा छ । शीर्ष तीनमा रहँदै सोझै ग्लोबल छनोट खेल्न नामिबियालाई बाँकी खेल जित्नुपर्ने दबाब छ ।
