राइजिङ स्टारको १९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

Avatar photo
Dhadingpost
फाल्गुन १, २०७९

धादिङ । बेनीघाट रोराङ ७,चरौंदीमा रहेको राइजिङ स्टार इङ्लिस बोर्डिङ स्कुलले विभिन्न कार्यक्रम गरी १९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालय ब्यवस्थापन समिती अध्यक्ष जीवनकुमार घिमिरेको सभापतित्व तथा बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेर्क) को प्रमुख आतिथ्यतामा विद्यार्थीको पिटी तथा ड्रील लगायत मनोरञ्जनात्मक साङ्गीतिक प्रस्तुती सहित राइजिङ स्टार वार्षिक उत्सव सम्पन्न भएको हो ।

कार्यक्रममा राष्ट्रिय ख्यातीप्राप्त कलाकारहरु श्याम रानामगर र सुमन थापामगर तथा यसै विद्यालयका भुतपुर्व विद्यार्थी स्थानीय कलाकार प्रसङ्ग थपलियाको जोडदार प्रस्तुतिले दर्शकलाई एकै ठाउँमा एकीकृत पारेका थिए। २०६१ सालमा ५२ जना विद्यार्थीबाट कक्षाहरु सुरु गरेको यस विद्यालयले अहिले नर्सरीदेखि कक्षा १० सम्म ३५० जना छात्राछात्रलाई अध्ययन अध्यापन गराउँदै आएको छ । विद्यालयले २०७८ सालका क्भ्भ् मा विषयगतमा द्ध न्एब् ल्याउने विद्यार्थीलाई नगद सहित सम्मान गरेको थियो। साथै उत्कृष्ट शिक्षक सम्मान अनि अभिभावकलाई सम्मान पनि गरेको छ ।

यस वर्ष उत्कृष्ट अभिभावकका रुपमा चन्द्र बहादुर गुरुङ, माया गुरुङ र सुकुमाया सेन्चुरीलाई स्कुलका प्रीन्सिपल टीका थपलिया र अध्यक्ष जीवन कुमार घिमिरेले सम्मा गरेका थिए।शिक्षिकाहरु अर्चना रिजाल, रेजिना रेग्मी र निशा सिलवाल सम्मानित भए ।

विगत तीन वर्षबाट सुरुवात भएको उत्कृष्ट वर्ष शिक्षिका रुपमा दिइने बेस्ट टिचर अवार्डबाट भने नेपाली शिक्षिका कमला थपलिया सम्मानित भए। प्रीन्सिपल टीका प्रसाद थपलिया आफैले मुल्यांकन गरिने सो पुरस्कारको राशी रु ५,००० नगद र बेस्ट टिचर ट्रफी रहेको छ ।
कार्यक्रममा यसै विद्यालयका प्रीन्सिपल टीका प्रसाद थपलिया ज्यूले आफ्नो प्रतिवेदन पेस गर्नुहुँदै अब विद्यालयलाई अझै उत्कृष्ट बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । अघिल्लो वर्षको SEE को नतिजा अनुसार पालिकाबाट सामाजिक तर्फबाट उत्कृष्ट विषय शिक्षक हुन सफल यसै स्कुलका प्रीन्सिपल टीका प्रसाद थपलिया र BLE को नतिजा अनुसार नैतिक शिक्षाबाट उत्कृष्ट विषय शिक्षक हुन सफल यसै विद्यालयका भाइस प्रीन्सिपल दुर्गाबाबू गुरुङ जस्तै यसपाली अरु विषयमा पनि उत्कृष्ट हुने आशा गर्नु भएको थियो। तेस्तै अबको दिनमा पढाइलाई मात्र फोकस नगरी पालिकाले आयोजना गर्ने खेलकुद तथा अतिरिक्त क्रियाकलापमा समेत अब्बल हुनलाई आजैदेखि तयारि गर्ने तथा विद्यार्थीको सर्बाङ्गिण विकासमा जोड दिने प्रतिबद्धता जनाउनु भयो। २०७१ देखि एसएलसीमा सहभागी भएको यस विद्यालय अहिलेसम्म शतप्रतिशत नतिजा दिन सफल पालिकाकै एक मात्र विद्यालय भएको पनि जिकिर गर्नुभयो । नाफामुखी भन्दा पनि सेवामुखी रुपमा अघि बढ्दै आएको यस विद्यालयले आगामी दिनमा पैसाकै कारण शिक्षाबाट बालबालिका वन्चित हुन नपरोस् भनेर राइजिङ स्टार जन्मदिन सहायता अक्षयकोष स्थापनाका लागि प्रीन्सीपलले वाषिर्कोत्सवकै अवसर पारेर रु १०००० को चेक यसै विद्यालयका कोषाध्यक्ष श्री होमनाथ थपलियाज्युलाई हस्तान्तरण गरिएको थियो। तेस्तैगरि उल्सन रुवालिको जन्मदिनको उपलक्ष्यमा उनका वुवा उद्योग बाणिज्य संघका दक्षिण क्षेत्रीय अध्यक्ष उमेश रुवाली तथा ममि लक्ष्मी बस्नेत रुवालिको तर्फबाट १०५० , शिक्षिका रेजिना खड्काको तर्फबाट आफ्नै जन्मदिनको उपलक्ष्यमा ११०० आज अक्षयकोषमा जम्मा भएको छ।