जनयुद्धका प्राप्त केहि तस्वीरहरु

Avatar photo
Dhadingpost
फाल्गुन १, २०७९

धादिङ । हामीले आज जनयुद्ध विशेष, त्यसमा पनि धादिङ केन्द्रित सामाग्रीहरुलाई प्राथमिकतामा राखेर प्रकाशन गरि रहेका छौं । सामाजिक संसञ्जालमा जनयुद्धबारे विभिन्न कोणबाट टिकाटिप्पणी भैरहेका छन् तथापि मुलुकको यो परिवर्तनमा मुख्य भुमिकाको नेतृत्व माओवादीले संचालन गरेको जनयुद्ध थियो ।

हजारौंको बलिदानी भएको यस युद्धका विषयमा चर्चा गरिनु जायज छ र गरिरहेका छौं । हामीले हिजो जनयुद्धका फोटाहरु पठाउन भने बमोजिम प्राप्त प्रकाशन योग्य १० फोटाहरु यहाँ पोष्ट गरेका छौं ।
तस्वीर नं. १
यो तस्वीर सुवास अधिकारी दर्पणको नेतृत्वमा रहेको जनमुक्ति सेनको हो । तस्वीरमा देखिएका अनुहार को को थिए । चिन्न सकिएको छैन ।
तस्वीर नं. २
यो तस्वीर त्रिपुरासुन्दरी गाउँपालिकाका वडा अध्यक्ष एवम् पूर्व जनमुक्ति सेना सुवास अधिकारी दर्पणको हो ।
तस्वीर नं. ३
धादिङका पूर्व जनमुक्ति सेनाहरु, सुरप्रताप, दर्पण, विनय र पहाड
तस्वीर नं. ४
सिन्धुपाल्चोक चौतारा आक्रमण हुनु अधिको फोटो यो टिमका धादिङका जनमुक्तिसेनाहरुको पनि उल्लेख्य सहभागिता रहेको सुवास अधिकारी दर्पण बताउँछन् ।
तस्वीर नं. ५
जनयुद्धको क्रममा २०६१ सालमा मजदुर नेता शालिकराम झमकट्टेल र ग्याक्सो थोकर तामाङ मकवानपुर छतिवन बजार तस्वीरखिलबहादुर भण्डारी
तस्वीर नं. ६
बेनीघाट रोराङका पालिका अध्यक्ष एवम् माओवादी केन्द्रका नेता विवेक
तस्बीर नं. ७ संकटकालमा उत्तरी धादिङमा खिचिए यस तस्वीरमा माओवादी केन्द्रका नेताद्वय पुष्पविक्रम मल्ल र जगत सिंखडा
तस्वीर नं. ८
जनयुद्धका जिउँदा सहिद रामबहादुर भण्डारी ०५८ सालमा भदौमा हिरासद मुक्त भए सँग जनमुक्ति सेनाले सुरक्षा दिँदै
तस्वीर नं. ९
धादिङबाट अर्को कार्यक्षेत्रमा विधाई गर्दै नेता पुष्प विक्रम मल्ल
तस्वीर नं. १०
माओवादी केन्द्रका नेताहरु मनराज भण्डारी, चन्द्रबहादुर सिलवाल मिलन र रामबहादुर थापा पहाड