
धादिङ । माओवादी आन्दोलनमा जन्मिएको एकीकृत अखिल नेपाल शिक्षक संगठन (एन्टो) धादिङको अध्यक्षमा तिलक चेपाङ चयन भएका छन् । सातौ जिल्ला अधिवेशनले तिलक चेपाङको अध्यक्षतामा २७ सदस्यीय जिल्ला समन्वय समिति सर्वसम्मत चयन गरेको हो ।
को हुन् तिलक चेपाङ
२०५१ सालदेखि शिक्षण सेवामा अस्थायी निमावि तहमा थाक्रेको महाङ्कालेश्वरी माविबाट सेवा प्रवेश गर्दैं सिद्धलेक सलाङमा रहेको स्कुल कालिदेवी मावि आरुवासमा दश साल अस्थायी र २०५१ सालको शिक्षा आयोगको ८ सालपछि नतिजा आएपछि निमाशि तृतीय श्रेणीमा अङ्ग्रेजी विषयमा सफल । स्थायी सेवा २०६० र निमाशि द्वितीय श्रेणीमा वढुवा २०७१, २०७० मा जिल्ला पुरस्कार, २०७६ मा राष्ट्रिय पुरस्कार र २०६० मा जापान Ed.exchange & school Management तालिम ३ महिना, २०६५ मा switzerland तालिमा better ed. For children सहभागी हुने मौका पाएका तिलक चेपाङ हाल शङखादेवी मावि बेनीघाट रोराङ ९ मझिमटारमा सहायक प्रधानाध्यापक रुपमा कार्यरत छन् । २०६० सालमा महाभारत सिद्दि चितवनमा ४ दिनको नयाँ जनवादी शिक्षा प्रशिक्षणमा १६० जना शिक्षकहरुलाई तत्कालिन जनयुद्धको नयाँ शिक्षा तालिममा सहभागी हुन पुगेका तिलक २०६१ सालदेखि अखिल नेपाल शिक्षक सङगठन हाल ऐअनेशिस शिक्षक सङगठन धादिङको वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्ष बनेका हुन् ।
चेपाङको नेतृत्वमा बनेको नयाँ कार्यसमितिको नामावली
अध्यक्ष : तिलक चेपाङ
उपाध्यक्ष : कान्छा तामाङ
सचीव : शिवप्रसाद रिजाल
कोषाध्यक्ष : गायत्री इटनी
सदस्य : मनोज कुमार तामाङ
सदस्य : बिनिता तामाङ
सदस्य : हरिलाल श्रेष्ठ
सदस्य : रामकृष्ण पाण्डे
सदस्य : गणेशकुमार श्रेष्ठ
सदस्य : कृष्ण राना
सदस्य : यम बानियाँ
सदस्य : अनिल कंडेल
सदस्य : केदार पौडेल
सदस्य : रन्जना कट्टेल
सदस्य : यमप्रसाद ढकाल
सदस्य : विष्णु नेपाली
सदस्य : उत्तम तामाङ
सदस्य : दामनसिंग गुरुङ
सदस्य : विष्णुप्रसाद अर्याल
सदस्य : पार्वती भण्डारी
सदस्य : सुर्यबहादुर थापा
सदस्य : सुमन खनाल
सदस्य : संझना ढुंगाना
सदस्य : दलबहादुर तामाङ
सदस्य : शक्तिबहादुर तामाङ
सदस्य : कमला खड्का
सदस्य : प्रेम न्यौपाने
अधिवेशनमा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य पुष्पविक्रम मल्लको प्रमुख आतिथ्यता, केन्द्रीय सदस्य रामबहादुर भण्डारी, जिल्ला संयोजक मनराज भण्डारी, संगठनका केन्द्रिय सचिव एवं बागमती प्रदेश अध्यक्ष शंकर अधिकारीको विशेष आतिथ्यता, माओवादी केन्द्र धादिङका सचीव दीपक लामिछाने, लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमका अवसरमा संगठनमा महत्वपूर्ण भुमिका खेलेका सेवा निबृत्त शिक्षकहरु श्यामबहादुर मगर, बद्रीप्रसाद रेग्मी, एकबहादुर रिजाल, बिष्णुप्रसाद ढुंगाना, सोमनाथ नेपाल लगायतलाई सम्मानित गरिएको थियो ।
