
धादिङ । मन्जुश्री संवत् २८५९ औं सोनम ल्होसारको अवसरमा नीलकण्ठ नगरपालिका वडा नम्बर १ काउलेमा डोरि तान प्रतियोगिता सम्पन्न । कुल ८ टिमको सहभागिता रहेको प्रतियोगितामा पाण्डु तामाङले नेतृत्व गरेको कुङ्ग टोल बिकास समिती प्रथम, जुठे तामाङले नेतृत्व गरेको शंखादेवी टोल सुधार समिती द्वितीय र आलोक तामाङले नेतृत्व गरेको सुर्यमुखी टोल बिकास समिती ूकू तृतीय भएको छ ।
सुर्यमुखी टोल बिकास समितिका अध्यक्ष दीपबहादुर तामाङको अध्यक्षता,वडा नं.१ का वडाअध्यक्ष गणेशबहादुर गुरुङको प्रमुख आतिथ्यता, प्रकाश माविका प्रधानाध्यापक शंकर अधिकारीको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा सदस्यहरु तेजलाल तामाङ, प्रेक्षा तामाङ लगायतको आतिथ्यता रहेको थियो ।
ल्होसारको अवसरमा विभिन्न तामाङ संस्कृति झल्किने गित नृत्य प्रस्तुत गरिनुकासाथै हांडी फुटाइ खेल प्रस्तुत गरिएको उक्त कार्यक्रममा प्रकाश माविका सहायक प्रधानाध्यापक चेतलाल तामाङको स्वागत मन्तव्य र उपासना तामाङको संचालनमा भएको थियो ।


