नीलकण्ठ नगरपालिकाको सहयोगमा ३ महिने फुटबल प्रशिक्षण सुरु

Avatar photo
Dhadingpost
माघ २५, २०७९

धादिङ । नीलकण्ठ नगरपालिकाको १० लाख आर्थिक सहयोगमा धादिङ फुटबल क्लव (डीएफसी) ले आज देखि फुटबल प्रशिक्षण सुरु गरेको छ यो प्रशिक्षण ३ महिना सम्म चल्ने गोपीकृष्ण भण्डारीले धादिङपोष्टलाई बताए ।

धादिङबेसी स्थित खुल्लामञ्च खेल मैदानमा हुने उक्त फुटबल तालिमको प्रशिक्षक रवि भण्डारी रहने छन् । भण्डारी जिल्ला फुटबल संघ धादिङका समेत प्रशिक्षक हुन् ।

प्रशिक्षणमा धादिङ जिल्लाभर रहेका जुन सुकै खेलाडीले पनि सहभागि पाउने बताईएको छ । मैदानका कारण ११ ए साइड खेलाउन नसकिए पनि ९ ए साइड सिकाईने छ भने खेलाडीलाई डाइटको पनि व्यवस्था हरेको बताईएको छ ।